स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चामा रहेको भरतपुर महानगरपालिकाको चुनावलाई प्रभाव पार्न ६ अर्ब रुपैयाँको चलखेल भएको भेटिएको छ । भरतपुरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल चुनावी मैदानमा थिइन । उनको पक्षमा भोट तान्न अर्बौँको खेल भएको हालै खुलासा भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री भएको बेलामा उनकै पार्टीका नेता कृष्णबहादुर महरा अर्थमन्त्री थिए । अर्थमन्त्री महराले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मुखैमा चितवनमा मात्रै ‘चोर बाटो’ बाट ६ अर्ब रुपैयाँ बजेट दिएको पाइएको हो । उनले रकमान्तरको नाममा चितवन र खासगरी भरतपुरमा उक्त रकम आफू खुसी दिएको सार्वजनिक लेखा समितका सांसदहरूले बताएका छन् ।
लेखा समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चितवनमा मात्रै ६ अर्ब रुपैयाँ रकमान्तर गरिएको भेटिएको बताए ।
सरकारले कुनै पनि क्षेत्रमा बजेट दिँदा संसदको स्वीकृति लिनुपर्छ तर चितवनमा अर्बौं रुपैयाँबिना स्वीकृति दिइएको छ । सरकारमा रहेका व्यक्तिको मनोमानीमा चितवनमा अर्बौं रकम बाँडिएको हो ।
‘यो वर्षमात्रै चितवनमा ६ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ,’ खतिवडाले समितिको बैठकमा भने–‘त्यो पनि भरतपुर नजिक आसपासमा पर्ने गरी ६ अर्ब रुपैयाँ बाँडिएको छ ।’ रकमान्तरको नाममा उक्त रकम बाँडिएको खुलासा गरे ।
अर्थ मन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगाना र बजेट महाशाखाका प्रमुख केबलकृष्ण भण्डारी उपस्थित समितिको बैठकमा उनले प्रत्येक घर र व्यक्तिलाई लक्षित गरेर बजेट बाँडिएको बताए ।
‘चितवनमा त कतिसम्म भएको छ भने फलानाका घरदेखि फलानो अर्यालका घरसम्मको बाटो पिच गर्न दुई करोड, धारोसम्म १ करोड भनेर बजेट दिइएको छ,’ उनले भने–‘यसरी रकमान्तर गर्न मिल्छ < तर, त्यो भएको छ । हामीसँग प्रमाण छ ।’
चितवनमा दिइएको उक्त रकमको बारेमा तत्कालीन अर्थमन्त्री र मन्त्रालयका सचिवले नदिएको बताएका थिए । उनीहरूले समिति समक्ष झुट बोलेको उनले बताए ।
‘लगत्तै जानु भएका अर्थमन्त्रीलाई बोलाएर रकमान्तरको विषयमा सोधेका थियौं,’ खतिवडाले भने–‘तर उहाँ र अर्थ सचिवले कहिँकतै रकमान्तर भएको छैन भन्नुभयो ।’ मन्त्रीको भनाइमा विश्वास नलागेर अर्थ मन्त्रालयको तथ्यांक हेर्दा चितवनमा मात्रै ६ अर्ब रकमान्तर गरिएको भेटिएको खतिवडाले बताए ।
त्यो बेला चितवनमा मात्रै नभएर रुकुम, रोल्पालगायतका ठाउँमा आफूखुसी रकमान्तर गरिएको प्रमाण भेटिएको उनको भनाइ थियो । चुनाव नजिकिँदै गर्दा आफ्ना मान्छे हेरेर रकमान्तर गरिएको थियो । यस्तो प्रवृत्ति हँ’दै आएको भन्दै यसलाई रोक्ने खतिवडाले आग्रह गरे । ‘माथि आफ्नो मान्छे हुनेले पाउने तर नहुनेले नपाउने प्रवृत्ति नहोस्,’ खतिवडाले भने ।
वैशाख ३१ गते भएको निर्वाचनमा भरतपुर महानगरपालिकामा तत्कालीन प्रधानमन्त्री पुत्री रेणु दाहाल र नेकपा एमालेका तर्फबाट देवी ज्ञवाली चुनावी मैदानमा छन् ।
दाहाललाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । माओवादी र कांग्रेसको एकल उमेदवारलाई एमालेले कडा चुनौती दिने आँकलन गरेर तत्कालीन सरकारमा रहेका दुवै पार्टीले दाहाललाई भोट हाल्न संयुक्त आमसभा समेत गरेका थिए ।
दुई ठूला पार्टीको साझा उमेदवार दिए पनि चुनावी परिणाम भने ज्ञवालीको पक्षमा देखिएको थियो । भरतपुर महानगरपालिकाको अन्तिम नतिजा आउँदै गर्दा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । १९ नम्बर वडाको मत गणना हँ’दै गर्दा मत्रपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ ।
२० नम्बर वडाको मात्र गन्न बाँकी रहेको अवस्थमा उक्त घटना भएपछि अहिले सर्वोच्चमा पुगेको छ । माओवादी र कांग्रेस गठबन्धनले पुन चुनाव गर्ने भन्ने मागअनुसार निर्वाचन आयोगले निर्णय गरिदिएपछि त्यसको विरुद्धमा नेकपा एमाले सर्वोच्चमा गएको हो । एमालेले पुनः मतगणनाको माग राखेको छ ।
माओबादी केन्द्रका एक उच्च स्तरीय नेताका अनुसार अहिले पार्टी केन्द्रमा दोस्रो चरणको स्थानीय निकाय निर्वाचनको समीक्षाभन्दा पनि त्यत्रो रकम खर्चेर पनि चितवनमा हार्नुपर्ने स्थिति किन देखियो भन्नेमा बहस हुने गरेको छ । विश्वस्त स्रोतका अनुसार सरकारबाट रकमान्तर गरिएको रकम बाहेक आफूले छुट्टै पनि करोडौं खर्च गरेको तर नतिजा आफ्नो पक्षमा नदेखिनुको कारणको खोजीमा पार्टी अध्यक्ष प्रचण्ड लागि परेका छन् ।आर्थिकवाट



