मंगलबारको दिनलाई भगवान गणेशको दिन मानिने गरिन्छ । मंगलबारकै दिन भगवान गणेशको पुजा गर्नाले सोचेको काम पुरा हुने बिश्वास पनि गरिन्छ । मंगलबारकै दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ । तर अन्य भगवानको पुजा गर्नु अघि भगवान गणेशलाई नै सम्झिने गरिन्छ ।

यस दिन ब्रत बस्दा पनि बिहान खाना नखाने र बेलुका पनि खानामा नुन मिसाउनु हुदैन । मंगलबारको दिनलाई गणेश भगवानको दिन भनिन्छ । मंगलबार गणेशको पुजा गरेमा कार्यसिद्दी हुन्छ भन्ने आम हिन्दुजनहरुको विश्वास रहेको छ । हिन्दु धर्ममा गणेशको पुजा नगरी अरु भगवानको पुजा गरिदैन ।

हिन्दु धर्म अनुसार गणेश भगवानको महिमा ठूलो छ । भगवान शिव र पार्वतीका पुत्र गणेशको पुजा आराधना विधिसम्मत गर्ने हो भने तँपाई हाम्रो जिवन पनि सुखी र खुसी हुन्छ । हरेक भगवानको पुजा आजा गर्दा गणेश भगवानको पुजा शुरुमा गर्नुपर्दछ ।

उनलाई भगवान शिवले यस्तो आशिर्वाद दिएका छन् । त्यसैले त कुनै कामको आरम्भ गर्दा जय गणेशाय नम वाट सुरु हुन्छ । भनिन्छ नि कुनै कार्यको शुरुवात गर्नुलाई नै श्रीगणेश गर्ने भन्नेबाट पनि यो कुरा पुष्टी हुन जान्छ ।

प्रायः जसो तिलको लड्डु चढाएर साथै फुल,जल र अक्षतासहित गणेश भगवानको पुजा गरिन्छ । गणेश भगवानलाई खुसी पारी आफ्नो कार्य सिद्दी गर्नको निमित्त गणेश भगवानको पुजाको लागि पूर्ण तयारी गर्नुका साथै तोकिएको विधी अवलम्वन गर्नुपर्दछ ।

१ गणेश भगवानको फोटो वा मूर्ती तयार पार्नुहोस्

२ गणेश मन्दीर मै जानुहून्छ भने तिलको लड्डु तयार गर्नुहोस्

३ स्नान गरी चोखो, सफा सुग्घर बन्नुहोस्

४ पुजाको लागि आवश्यक सफा जल, जौ, तिल फुल र अक्षता एकै ठाउँमा संग्रह गर्नुहोस्

५ फूल अक्षता साथै पातिहरु अगरबत्ती बा ले र आराधना गरीसकेपछी चढाईदिएर पुजा गर्नुहोस्

६ गणेश मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ, अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस्

७ तपाँईको मनमा गणेश भगवान भएको कल्पना गर्नुहोस्, आखाँ बन्द गरेर गणेश भगवान आफुसंगै भएको महसुस गर्नुहोस्

माथि उल्लेखीत विधि अपनाएर गणेशको पुजा गर्दा पक्कै कार्यसिद्दी हुनुका साथै तँपाईले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ । तपाँई हामी पनि मंगलबार कार्यसिद्दी विनायक गणेश भगवानको पुजा आराधना गरौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah