इन्टरनेट नभएको ठाउँबाट पनि अब इमेल र फोटो पठाउन मिल्ने भएको छ । ५९औं प्रहरी सञ्चार दिवसको अवसर पारेर प्रहरी प्रधान कार्यालयमा आइतबार गृहमन्त्री जनार्दन शर्मा प्रभारकरले इन्टरनेट बिनाको इमेल प्रविधि (एचएफ रेडियो डाटा)को उद्घाटन गरे ।

रेडियो प्रविधि र कम्प्युटर प्रविधिबीचको कुराकानी नै एचएफ रेडियो डाटा प्रविधि हो । यो प्रविधिलाई ‘सफ्टोयर डिफाइन’ प्रविधि पनि भनिन्छ । जसबाट इन्टरनेट नभइ पनि इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई इन्टरनेट सर्भरसँग जडान गरेपछि इन्टरनेट व्राउजर गर्न सकिन्छ ।

त्यसैगरी, इमेल सर्रभरमा पनि जडान गरेपछि व्यक्तिगत इमेल ठेगानामा सिधै इमेल पठाउन सकिन्छ । यो प्रविधिको प्रयोगले जहाँ इन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिने एक भरपर्दो माध्यम भएको र सूचना चुहावट नहुने सुरक्षित प्रविधि भएकाले यो प्रविधि प्रहरी अनुसन्धानको क्षेत्रममा उपयोगी हुने देखिन्छ ।

कार्यक्रममा प्रविधियुक्त प्रहरी आजको आवश्यकता भएको बताएका गृहमन्त्री प्रभारकरले प्रविधिको तिव्र विकासलाई पछ्याएर मात्रै आजको समाजलाई सहज बनाउन सकिने बताए । प्रहरीले राज्यको कानून कार्यान्वयन गर्ने, सेवा प्रदान गर्ने र प्राथमिक उद्धारक समेत भएकाले जनतालाई प्रत्यक्ष र पहिलो पहुँच पु¥याउन प्रविधि महत्वपूर्ण रहेको उनको भनाइ छ ।

जनतालाई सुरक्षा प्रदान गर्न प्रहरीले सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरे जस्तै अपराधिले अपराध गर्नका लागि समेत प्रविधिको प्रयोग गर्ने विषयलाइ ध्यानमा राखेर अपराध अनुसन्धान र सुरक्षा शैलीमा पनि विकास गर्नुपर्ने, व्यवसायिकता र पारदर्शिता प्रविधिले निर्धारण गर्ने उल्लेख गरे । उनले अपराध अनुसन्धान बिनाप्रविधि  असम्भव भएकाले सुरक्षा चुनौति सामना गर्नका लागि प्रविधि युक्त प्रहरी निमार्ण गर्नुपर्ने बताए ।

त्यस्तै, प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीले सूचना तथा सञ्चार प्रविधिको पक्षलाई आधुनिकीकरण तर्फ लैजानुपर्नेमा जोड दिए । उनले सूचनाको संवेदनशिलतालाई मनन् गर्दै सानो सूचनाको अभावमा उत्पन्न हुनसक्ने ठूलो सुरक्षा जोखिम न्यूनिकरण गर्नुपर्दा प्रहरी कार्यमा सूचना तथा सञ्चार प्रविधिको आवश्यकता, यसको प्रयोग र विकासको अपरिहार्यता रहेको बताए ।  प्रहरी महानिरीक्षक अर्यालले सुरुका दिनमा सूचना तथा सञ्चार प्रविधि एउटा साधनको रुपमा मात्र प्रयोग गरिएको भएता पनि यो आधुनिक प्रहरीको अनिवार्य आवश्यकता बनेको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरुको उपस्थित रहेको कार्यक्रममा सञ्चारतर्फका विभिन्न देशैभरीका सञ्चार इकाइका ४८ जना प्रहरी कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । नँया पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah