साने भनेर चिनिने रामेछापका रामहादुर दमाई मृत फेला परेका छन् । उनी बिजुलीकोटको साविकको वडा नं ९ स्थित चोप्राङ खोलामा मृत अवस्थामा भेटिएको इलाकका प्रहरी कार्यालय धोवी खोलाका प्रहरी निरीक्षक सोनु कुमारले शिलापत्रलाई जानकारी दिए ।
‘उहाँ मृत फेला पर्नुभयो । उहाँलाई माथि निकाल्ने काम भइरहेको छ । घटनाको सत्यतथ्य छानबिन हामी गर्छौं,’ कुमारले भने ।
रामबहादुर लिखु गाउँपालिका ४ को जेति भन्ने ठाउँका ७१ वर्षे साने बिहेमा बाजा बजाउन भनेर सात दिनअघि घरबाट निस्केका थिए ।
परिवारका अनुसार राम बहादुरलाई स्थानीय तिलक दर्जीले बिहेमा बाजा बजाउन लिएर गएका थिए । त्यसपछि बेपत्ता बनेका उनी आज मृत फेला परेका हुन् ।
राम बहादुरका परिवारले गएको १४ गते नै प्रहरीमा उजुरी गरेका थिए ।










