झापाको दमकमा पहिलो डिएसपी प्रमुखको रुपमा आएका राजन अधिकारी र यहाँ प्रमख भएर आएका अर्का डिएसपी इश्वर कार्की एसपी बन्ने भएकाछन् । उनिहरुको बढुवामा नाम सिफारीस भएको हो ।

अधिकारीले दमकमा प्रमुख हुदा राम्रो सुधारका कामहरु गरेका थिए । कार्की पनि कुनै पनि बिबादमा नपरी दमकबाट बिदाइ भएका थिए । उनिहरु आइतवार एसपी बन्ने सिफारीसमा परेकाहुन् ।

डिएसपी अधिकारीले दमकमा रहदा लागु औषध बिरुद्ध र होटलमा हुने बिकृतीजन्य कृयाकलाप नियण्त्रणका लागि प्रभावकारी अभियानहरु चलाएका थिए ।

लामो रस्साकस्सिपछि आईतबार मध्यराती नेपाल प्रहरीका ३५ जना डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन । प्रहरी महानिरीक्षकको सरकारी निवासमा आईतबार दिउसो ३ बजेबाट शुरु भएको बढुवा सिितको वैठक राती १ बजे सकिएको थियो ।

आईजीपी प्रकाश अर्यालले बढुवामा बेईमानी गर्न लागेको  चाल पाएपछि गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमै बोलाएर जmपारेपछि बढुवामा अर्यालले सोचे जस्तो चलखेल गर्न पाएनन ।

डिएसपीबाट एसपीमा बढुवा सिफारिसहुनेहरुमा  सिद्दीबिक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बर बिक, गणेश चन्द, उमा चतुर्बेदी,ओम राना, सुरेन्द्र गुरुङ, हिमालय श्रेष्ठ, बिमल बस्नेत, राजन अधिकारी, इश्वर कार्की, केदार रजौरे, मनोज केसी, रेवती ढकाल, दान कार्की रहेका छन ।

त्यसैगरि दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोज यादव, किशनसिंह थापा, गोविन्द थपलिया, रविराज खड्का, सुदर्शन कोइराला, बिनोद घिमिरे, जीवन श्रेष्ठ, दीपक रेग्मी, दीपक बस्नेत, जयराज सापकोटा, शारदा चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र जिसी,  रामेश्वर यादव, दिलिपसिंह देउवा र सन्जिव शर्मा दास लाई समेत एसपी बढुवाकालागी सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah