किताबको भित्री पानामा च्यापेर नेपाल ल्याइँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

भारतको पानीट्यांकीबाट आएका सल्यान बनगाउँ नगरपालिका १ सल्लीबजारका ३० वर्षीय रमेश डिसीले बोकेको किताबबाट प्रहरीले २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेचीनगर ६ स्थित पुरानो मेची पुलमुनिबाट पैदल नेपाल आउँदै गरेका डिसीलाई शंका लागी प्रहरीले जाँच गरेको थियो । सोही क्रममा उनले भिरेको झोलाभित्र रहेको किताबको भित्री पानामा प्लाष्टिकले बेरेको ब्राउन सुगर प्रहरीले फेला पारेको हो ।

अभियुक्तलाई हिरासतमा राखी आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।