झापाको दमकमा सोमबार मध्यान्हको तापक्रम ३६.५ डिग्रि सेल्सियस पुगेको छ । झापाको दमक बहुमुखि क्याम्पसमा रहेको अटोमेटिक वेदर स्टेशनले मापन गरेको तापक्रम अनुसार ३६ डिग्रि सेल्सियस नाँघेको हो ।
अधिक गर्मि भएपछि जन जिबन कष्ठप्रद बन्न थालेको छ । त्यसमाथि बिधूत प्राधिकरणले बारम्बार बिद्यूत काट्दा उपभोक्ताहरु आक्रोशित भएकाछन् ।
बाहिर निस्कन नसक्ने अवस्था बनेको र यस्तो समयमा बिद्यूत कटौती गरेको गर्यै गरेको भन्दै सामाजिक सञ्जालमा बिद्यूत प्राधिकरण बिरुद्ध चर्को आक्रोश पोखिएको छ ।



