चिकित्सा शिक्षा आयोगको पत्रपछि सीटीईभीटीले १५ वटा नर्सिङ कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ ।

आयोगले ऐनविपरीत सीटीईभीटीले विश्वविद्यालय, प्रतिष्ठानहरू र उनीहरूका आंगिक र सम्बन्धन प्राप्त १५ कलेजमा नर्सिङ भर्ना खुलाएको भन्दै उक्त कार्य रोक्न निर्देशन दिएपछि सीटीईभीटीले यस्तो निर्णय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यही मंसिर ८ गते भर्ना खुला गरिएका ४५ मध्ये १५ नर्सिङ कलेजको भर्ना रोकिएपछि ती कलेजमा भर्ना प्रकियाका लागि शुल्क बुझाएका परीक्षार्थीको शुल्क फिर्ता हुने सीटीईभीटीले जनाएको छ । साथै, ती कलेजमा भर्ना प्रक्रिया अघि बढाएका विद्यार्थीलाई अरू कलेजमा आवेदन दिन सूचित गरिएको छ ।

यी हुन् भर्ना रोकिएका नर्सिङ कलेज

नोबल मेडिकल कलेज, विराटनगर

नेसनल मेडिकल कलेज, वीरगन्ज

बीएन्डबी मेडिकल इन्स्टिच्युट, ललितपुर

नागरिक कलेज अफ हेल्थ साइन्स, काठमाडौं

एनपीआई नारायणी सामुदायिक अस्पताल, चितवन

कलेज अफ मेडिकल साइन्सेज, चितवन

अल्का अस्पताल, ललितपुर

नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं

काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, काठमाडौं

मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं

ओम हेल्थ क्याम्पस, काठमाडौं

मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा

लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पाल्पा

देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट, रुपन्देही

नेपालगन्ज नर्सिङ क्याम्पस, बाँके