यतिबेला दिनमा फुल माला र रातमा बत्तिले धपक्क बलेको छ जनकपुर धाम। जनकपुरको यो रौनकको रङ्ग त्रेता युगबाट आएको हो। अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकीको विवाहको सम्झनामा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ। देशभरका सीता राम मन्दिरहरुमा विवाह पञ्चमीका अवसरमा राम र सीताको प्रतीकात्मक विवाह तथा पूजाआराधना गरिन्छ। जनकपुरमा साप्ताहिक रुपमा चल्ने यो उत्सवको मुख्य आकर्षण भनेको मिथिलाको संस्कृतिअनुसार राम सीताको प्रतीकात्मक स्वयंवर र विवाह हो। यो विवाह महोत्सवमा बाजागाजा, झाँकीसहित राम सीताको प्रतिमालाई सिंहासन र डोलामा राखी जनकपुरको रङ्गभूमिमा लगिन्छ। स्वयंवर र वैवाहिक विधि सम्पन्न भएपछि पुन सीता-रामलाई जानकी मन्दिरमा ल्याइन्छ । विवाह पञ्चमी महोत्सवमा काठमाडौंबाट गुठी संस्थानको टोली, भारतको अयोध्याबाट सीता-रामका अनुयाईहरु तथा अन्य श्रद्धालुहरू जन्तीको रुपमा सहभागी हुने गर्छन् ।
जनकपुरमा विवाह पञ्चमीको रौनक
सवालनेपालसंवाददाताबुधबार, २२ मङ्सिर २०७८

जनकपुरमा विवाह पञ्चमीको रौनक
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## धर्म सस्कृति

« यो पनि पढ्नुहोस्
बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

यो पनि पढ्नुहोस् »
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
बुधबार, २९ माघ २०८२
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
शनिबार, ३२ साउन २०८२
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे
मंगलबार, १६ माघ २०८१
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
आइतबार, १४ माघ २०८१
आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै
सोमबार, ४ असार २०८१



