मेटा अन्तर्गतको सामाजिक सञ्जाल फेसबुकले बोलेरै पोस्ट तथा कमेन्ट गर्न सकिने फिचर ल्याउने भएकाे छ । फेसबुकमा सबै प्रकारका प्रयोगकर्ताले पोस्ट गर्न तथा कमेन्ट गर्न सकुन् भन्ने उद्देश्यसहित कम्पनीले यो फिचर ल्याउन लागेकाे हाे ।प्राप्त जानकारी अनुसार फेसबुकले अब प्रयोगकर्तालाई कुनै पनि पोस्टमा १० सेकेन्डसम्मको भ्वाइस कमेन्ट गर्ने विकल्प उपलब्ध गराउने छ । साथै भ्वाइस कमेन्ट गर्दा ‘भ्वाइस इफेक्ट’ समेत उपलब्ध गराउने छ ।यो फिचर हाल परीक्षणको क्रममा रहेको उल्लेख छ । प्रतिवेदन अनुसार यो फिचर सामान्य पोस्ट र कमेन्ट जस्तै हुनेछ । यसको अर्थ जसरी हाल पोस्टको लागि टाइप गर्नुपर्छ, त्यसरी नै टाइप गर्ने स्थानको साइडमा ‘भ्वाइस’ को सिग्नल उपलब्ध हुनेछ ।

उक्त सिंग्नलमा क्लिक गरी तपाईंले बोलेर टाइप गर्न सकिने छ । कमेन्टको हकमा पनि कमेन्ट बक्समा क्लिक गरेसँगै त्यहाँ भ्वाइस कमेन्टको विकल्प उपलब्ध हुने जनाइएको छ । त्यसमा क्लिक गरेसँगै तपाईंले बोलेर सहजै कमेन्ट गर्न सक्ने जनाइएको छ ।