मोरङ, बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरीको धरान उप महानगरपालिका ३ का २८ बर्षिय केमन खड्कीलाई पक्राउ गरिएको छ । बैंकिङ कसुर मुद्दामा मिति २०७८ बैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र रु ९ लाख ७४ हजार ४ सय जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, समुह बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउ घरमै लुकिछिपी बसेको अबस्थामा आज दिँउसो पक्राउ गरेको हो । पक्राउ परेका खड्कीलाई आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।