काठमाडौं ,२९ असार ।नेपाली काँग्रेसका नेता तथा निवर्तमान स्वास्थ मन्त्री गगनकुमार थापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अनपेक्षित पराजय भोग्दा पनि पार्टीले समिक्षा नगर्नु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ ।

उहाँले केन्द्रीय समितिको बैठक बोलाए अहिलेको निर्वाचनको समिक्षा गरेर कमीकमजोरी सुधार्ने अठोट नगर्दा आम कार्यकर्तामा निराशा र अन्यौलता छाएको बताउनु भयो । नेता थापाले कमजोरी र दोषी पहिचान गरी उनीहरुलाई सच्याउदै तेस्रो चरणको निर्वाचनको तयारीमा तत्काल लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्नुहुदै नेता थापाले आफु पार्टीको कार्यकारी जिम्मेबारीमा नरहेकाले आम नेपालीले अपेक्षा गरे अनुसार गर्न नपाएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “पार्टी भद्रगोल भयो, विग्रियो तिमिहरुले के हेरेर बसेका छौ भन्दै धेरै जनाले चिन्ता व्यक्त गर्नुहुन्छ, तर पार्टीलाई राम्रोसँग चलाउने जिम्मेबारीमा जाने बेलामा भने उहाँहरुले नै बेला भएको छैन भन्नु भयो, अनि मैले के गरु त ? ” नेता थापाले पार्टीको महामन्त्रीमा उम्मेदबारी दिदाँ मलाई बेला भएको छैन भन्नेले यस्को जवाफ दिनुपर्ने तर्क गर्नुभयो । त्यतिखेर बेला भएको छैन भन्ने धेरै जना अहिले पछुताउदै चिन्ता व्यक्त गर्ने गरेको बताउनु भयो ।

मनोनीत केन्द्रीय सदस्य र साँसदको रुपमा जे गर्नु पर्छ, त्यो पर्याप्त गरेको उहाँले बताउनु भयो । पार्टी सभापति र नेताहरुलाई भेटेर आफुले जाने बुझेका कुरा भनेको र निराश भएका कार्यकर्ताहरुमा आत्मविश्वास, आशा र उर्जा थप्ने गरेको नेता थापाले बताउनु भयो ।

संविधान संशोधनका सन्दर्भमा उहाँले संविधान जोगाएर संशोधनमा जाने कुरा राजपाका लागि बुद्धिमानी हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah