भरतपुर महानगरपालिका प्रकरणमा सर्वाेच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

पटक पटक इजलास सर्दै आएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला आज दिउँसो ३ बजेपछि आउने भनिए पनि अहिले सम्म आको छैन । सर्वाेच्चले नयाँ प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुली पाएपछि लामो समयदेखि रोकिएको मुद्दाको आज छिनोफानो हुने विश्वास गरिएको छ ।

भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने पुनः गणना भन्ने विवाद कायम छ । मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरिसकेको छ । तर, विपक्षी दल नेकपा एमालेले यसमा असन्तुष्टि जनाउँदै आएको छ ।

यही बीचमा अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै सर्वाेच्चमा रिट दायर गरे । उक्त रिटमा आज फैसला हुनलागेको हो ।

कांग्रेस–माओवादीकी साझा उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच प्रतिस्पर्धा रहेको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मुद्दा अदालत पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah