लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेस्थित कालिमाटी भिरमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर दुई जनाको ज्यान गएको लमजुङ प्रहरीले जानकारी दिएको छ।

मर्स्याङ्दी गाउँपालिका–९ सिमपानीबाट भुस्मे भएको श्री गणेश मावि विद्यालयका विद्यार्थी र शिक्षक सवार ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जिपमा चढेर विद्यार्थी वनभोज तथा शैक्षिक भ्रमणमा गएको प्रहरीले जानकारी दिएको छ । जिपमा कति विद्यार्थी थिए, कति घाइते भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्यु हुनेहरुको पहिचान खुलिसकेको छैन। उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी कृष्णबहादुर कार्कीसहितको टोली घटनास्थल जाँदै छ। डिएसपी कार्कीले दुर्घटना भएको जानकारी आएपछि आफूसहितको टोली जाँदै गरेको नेपाल लाइभलाई बताए ।