लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेनजिकै जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदिश रेग्मीले ३ जनाको घटनास्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मर्स्याङ्दीको कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै गरेको ग१ज ६३१७ नम्बरको जीप दुर्घटनामा परेको हो ।

घाइते सबैको उद्धार गरी सामुदायिक अस्पतालमा उपचार भइरहेको रेग्मीले बताए ।