नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने योजना सुनाएका थिए। उनको योजनालाई सोसल मिडियामा ‘हावामै उडाइएको’ थियो। तर, ओलीको सपना पूरा भएको छ।

मुस्ताङको जिल्ला प्रहरी कार्यलयमा हावाबाट बिजुली निकालिएको छ। दुई वटा पङ्खा जोडी निकालिएको बिजुलीबाट अहिले ५ वटा बल्ब बालेर परीक्षण सुरु गरिएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी हरिहर योगीले हावाको बिजुलीबाट बत्ती बालिरहेको जानकारी दिए।

स्पेनको बुद्ध पावर कम्पनीको सहयोगमा हावाबाट बिजुली निकालिएको उनले बताए। ‘परीक्षणको रुपमा बिजुली निकालिएको तीन हप्तापछि कति पावरको बिजुली निस्कियो भन्ने थाहा हुने इन्जिनियरले भनेका छन्,’ योगीले पहिलोपोस्टसँग भने, ‘कम्पनीले दुईवटा पङ्खाको सहयोगमा तीन किलोवाट बराबरको बिजुली निकाल्ने अनुमान गरेको छ।’

हावाबाट बिजुली निकालिएको यो पहिलो पटक भने होइन। प्रधानमन्त्री रहँदा केपी शर्मा ‌ओलीले हावाबाट बिजुली निकाल्ने बताउनुभन्दा करिब ३० वर्ष पहिले नै मुस्ताङमा यसको परीक्षण भएको थियो।

२०४१ सालमा ४० किलोवाट विद्युत उत्पादन गरिएको थियो त्यहाँ। हावाको जोड र पङ्खाको सन्तुलन नमिलेका कारण मुस्ताङमा बिजुली उत्पादन थालिसकेको भए पनि अवरुद्ध हुन पुगेको थियो। हावाको झोकमा परेको पङ्खा नै भाँचिएपछि बिजुली अवरुद्ध भएको थियो। त्यसयता चर्चा गरिए पनि मर्मत् र चलाउने प्रकृया अगाडि बढेन। तर, फेरि प्रहरी कार्यालयभित्र हावाबाट बिजुली निकाल्न थालिएको छ।
(सबै फोटो : हरिहर योगी)

पहिलो पोस्ट बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah