नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।

रुघाखोकीसँगै ज्वरो आएपछि अध्यक्ष ओली बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष ओली बिहीबार काठमाडौंको तीनकुनेस्थित एक पार्टी प्यालेसमा पत्रकारसँग छलफल गर्ने कार्यक्रम थियो । ओली अनुपस्थित भएपछि कार्यक्रममा उठेका प्रश्नको उप–महासचिव प्रदीप ज्ञवालीले उत्तर दिनुभएको थियो ।