नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दैै अधिकृत, सहायक निर्देशक, वाणिज्य सहायक, अधिकृत तृतिय लगायत विभिन्न पदहरुका लागि ८३ जना कर्मचारी माग गरेको हो। बैंकले सहायक निर्देशक अर्थात अधिकृत तृतीय तहमा ४५ जना, सहायक निर्देशक अधिकृत तृतीय लेखाका लागि ६ जना, बाणिज्य कानुनमा सहायक निर्देशक २ जना, सहायक निर्देशक सूचना प्रविधिमा ५ जना, सहायक तह प्रशासनमा २५ जना कर्मचारी माग गरेको छ । निर्देशक तहका लागि स्नातकोत्तर, प्रशासन, प्रविधिका लागि बिषयगत अध्ययन माग गरिएको छ । यसैगरी अर्थशास्त्र, ब्यवस्थापन, जनप्रशासन, कानुन पढेको तथा सहायक कर्मचारीलाई प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र दरखास्त दिन सकिन्छ। आवेदन फारम राष्ट्र बैंकको वेभसाइटबाट भर्न सकिने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले माग्यो ८३ जना कर्मचारी
सवालनेपालसंवाददाताशुक्रबार, २४ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले माग्यो ८३ जना कर्मचारी
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##रोजगार

« यो पनि पढ्नुहोस्
शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै

यो पनि पढ्नुहोस् »
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै
सोमबार, १५ माघ २०८१
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
शनिबार, १३ माघ २०८१
मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र, स्वदेश फिर्ताका लागि सबै समक्ष हारगुहार
शुक्रबार, १५ असार २०८१
जनताले दिए भोट, तर जनप्रतिनिधी बिदेश गए कमाउन नोट
सोमबार, ४ असार २०८१
ज्येष्ठ नागरिक तथा आपाङ्गमैत्री बस सञ्चालन
शनिबार, २ असार २०८१



