अंग्रेजी मिति अनुसार सन् २०२१ को अन्तिम महिना डिसेम्बरमा सुरु भएको छ। नयाँ वर्षको आगमनमा सबैमा उत्साह छ । २०२२ सालबाट सबैको धेरै अपेक्षा छ तर त्यसभन्दा अघि यो महिनामा ४ ठूला ग्रहको परिवर्तनले मानिसको जीवनमा अशान्ति ल्याउनेछ । यद्यपी यी ग्रहहरुको यो गोचर ५ राशिका मानिसहरुका लागि शुभ मानिन्छ ।

सन् २०२१ को अन्तिम महिना डिसेम्बरको सुरुमा मंगल ग्रह वृश्चिक राशिमा प्रवेश गरिसकेको छ । मंगल ग्रहले डिसेम्बर ५ मा राशि परिवर्तन गरेको छ । तीन दिन पछि, अर्थात् डिसेम्बर ८ मा, शुक्र आफ्नो चाल परिवर्तन गरेर मकर राशिमा प्रवेश गर्नेछ। डिसेम्बर १० मा बुध धनु राशिमा प्रवेश गर्दैछ।

डिसेम्बर १६ मा सूर्यले आफ्नो राशि परिवर्तन गरी धनु राशीमा पुगेर बुधसँग मिलेर बुद्धादित्य योग बनाउनेछ । यसपछि १९ डिसेम्बरमा शुक्र मकर राशिमा प्रतिगामी हुनेछ अर्थात् आफ्नो बाङ्गो गतिमा हिँड्न थाल्नेछ । बुधले पनि डिसेम्बर २९ मा धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नेछ र त्यसपछि डिसेम्बर ३० मा शुक्र ग्रह फर्केर धनु राशिमा प्रवेश गर्नेछ। आउनुहोस् जान्नुहोस् डिसेम्बरमा ग्रहहरूको गोचरबाट कुन पाँच राशिलाई फाइदा हुनेछ।

मेष : मेष राशिका लागि पुस महिना शुभ रहनेछ। बृहस्पति ग्रह यस राशिका व्यक्तिहरुको लाभ घरमा रहेको हुनाले करियर तथा व्यापारमा सुखद नतिजा आउनेछ । मनोकामना पूरा हुन सक्छ। पुराना विवाद समाधान हुनेछन् ।

मिथुन : अध्यात्मिक कार्यमा बढोत्तरी हुनेछ, यात्राको अवसर मिल्नेछ। तपाईलाई भाग्यको साथ पनि मिल्नेछ, जसका कारण तपाईको व्यक्तिगत जीवन र कार्यस्थलमा परिस्थिति तपाईको पक्षमा हुन थाल्नेछ। उधारिएको पैसा फिर्ता पाउन सकिनेछ ।

सिंह : व्यापार व्यावसायमा लाभ मिल्नेछ । जीवनसाथीसँग विवाद भएमा सुधार आउनेछ । सामाजिक स्तरमा पनि मान सम्मान मिल्न सक्छ।

धनु : यो महिना काममा व्यस्तता रहनेछ तर तपाईले गरेको कामको शुभ फल मिल्नेछ। पारिवारिक जीवनमा पनि सुखद परिणाम प्राप्त हुनेछ। यो महिनामा पनि लाभ हुने संकेत देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah