धनको देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।

हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन । देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ । उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ । तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्रसन्न हुने र जीवनमा प्रशस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ। आज हामी तपाईहरुलाई लक्ष्मीको कृपा मिल्ने र धनलाभ हुने ५ संकेतहरु बताऊन जाँदै छौँ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्रशस्त धन कमाउने संकेत रहने गर्छ।

२. यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछ।

३. विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ।

४. तपाईले राती सुतेको बेला सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो सुधार आउने संकेत गर्छ।

५. हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन। तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले घरमा सर्प आयो र तपाईलाई बेर्यो भने निकै संकेत रहने गर्छ। यस्तो अवस्थामा तपाई छिटै धनि बन्न सक्ने र घर वरिपरि केहि खजाना हुन्सक्छ।