नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । शुक्रवार महाधिवेशन शुरू भएको केही समयपछि मात्रै उनी उद्घाटन समारोहमा पुगेका हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेलको बीचमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत विभिन्न दलका नेताहरू यसअघि नै उपस्थित भएका थिए ।