नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चौधौँ महाधिवेशनमा उद्घाटनसत्रमा सहभागी भएर शुभकामना मन्तब्य दिने बताएका छन्। एमाले बागमती प्रदेश कमिटीको बधाई कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसको आतिथ्य स्वीकार् जाने बताएका हुन्। उनले सम्बोधनका क्रममा पार्टी भनेको एमाले मात्रै भएको पनि बताए। उनले एमाले मात्रै पार्टी भएको पनि टिप्पणी गरे। 'पार्टी भनेको त एमाले मात्रै हो। अरु त पानीको फोका जस्ता मात्रै हुन्', उनले भने, 'अरु पार्टी पानीको फोका जस्तो बन्छन्, फुट्छन्, बन्छन् फुट्छन्।' उनले आफू कांग्रेसलाई सम्झाउन पनि महाधिवेशनमा जान लागेको बताए। 'कांग्रेसलाई गएर सम्झाउनुछ। त्यसैले महाधिवेशनमा सहभागी हुन्छु', उनले भने, 'अरु पार्टीको कुरा नगरौँ। कांग्रेसलाई सम्झाउनु छ त्यहीकारण जाँदैछु।'
ओलीले भने : अरु पार्टीको कुरा नगरौँ, महाधिवेशनमा गएर कांग्रेसलाई सम्झाउँछु
सवालनेपालसंवाददाताशुक्रबार, २४ मङ्सिर २०७८

ओलीले भने : अरु पार्टीको कुरा नगरौँ, महाधिवेशनमा गएर कांग्रेसलाई सम्झाउँछु
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## राजनीति

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



