र्वाचन बिथाेल्न अज्ञात समूहले प्रहार गरेकाे बम जोखिम मोलेर हातैमा समार्इ फाल्ने प्रहरी हवल्दारलाई दूर्गाबहादुर रानालार्इ गृहमन्त्रीले असईमा बढुवा गर्ने भएका छन्।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, प्राेत्साहित गर्ने नीतिअनुसार नै अाफूले रानालार्इ हवल्दारबाट असर्इमा बढुवा गर्न लागेकाे खुलासा गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रानाले दोस्रो चरण निर्वाचनको क्रममा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रलार्इ लक्षित गरी प्रहार भएकाे बम हातमै समाएर फालेका थिए । उनकाे साहसी कामका कारण ठूलाे दुर्घटना टरेकाे थियाे ।

गृहमन्त्रीले राम्राे काम गर्नेलार्इ पुरस्कृत गर्ने र जिम्मेवारी पूरा नगर्नेलाई तीन महिनाभित्रै कारबाही गर्ने नीति अाफ्नाे भएकाे बताए । गृहमन्त्रीले आफ्ना लागि प्रहरी प्रशासनमा कोही हाम्रा नभएको भन्दै राम्रा छान्ने र जनताको सेवामा प्रहरी संगठनलाई प्रभावकारी बनाउने विश्वास दिलाए ।नयाँ पत्रिका