देउवाको दबाबपछि सह महामन्त्रीमा बागी उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले लिए मनोनयन फिर्ता

काठमाडौं : १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको सह महामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले मनोनयन फिर्ता लिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री एवम् पार्टी सभापतिको प्यानलमा नपरेपछि चौधरीले बागी उम्मेदवारी दिएका थिए।

देउवाको प्यानलबाट सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाति तर्फको सह महामन्त्रीमा भीष्मराज आङ्दाम्बे पाँचथर, दलिततर्फको सह महामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सह महामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिम तर्फको सह महामन्त्रीमा फर्मुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सह महामन्त्रीमा जीवनबहादुर शाही उम्मेदवार बनाइएका छन्।

सुरेन्द्रले आफू प्यानलमा नपरेपछि दिएको उम्मेदवारी देउवाकै दबाबमा फिर्ता लिएको बताइएको छ।

निर्वाचन समितिले आज १२: ३० बजेसम्म मनोनयन फिर्ता लिने समय निर्धारण गरे पनि केही समय थप गरिएको छ।