काठमाडौँ । कोभिडविरुद्धको अमेरिकी खोप मोडर्नाको १९ लाख ६५ हजार ६ सय डोज खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत तेस्रो लटमा आइतबार बिहान कतार एयरवेजमार्फत खोप नेपाल आइपुगेको हो । यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गएको शुक्रबार १४ लाख ९८ हजार ६ सय डोज मोडर्ना खोप आइसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो खोप सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ४ पुसदेखि लगाउने योजना बनाएको छ ।

यसअघि फाइजर खोप सञ्चालन गरेका १९ जिल्ला छाडेर बाँकी ५८ जिल्लामा मोडर्ना खोप दिने योजना सरकारले बनाएको हो ।

मोडर्ना खोप लगाउनका लागि ५८ जिल्लाका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।