बैङ्गलोर– बैङ्गलोरमा गएर बीएस्सी नर्सिङ पढ्न खोज्नेहरूलाई दुःखद समाचार बाहिर आएको छ, त्यो हो बैङ्गलोरमा बीएस्सी नर्सिङ पढ्ने बाटो बन्द । किनभने भारतमा नर्सिङ शिक्षासम्बन्धी अनुगमन, नियमन र नियन्त्रण गर्ने सर्वोच्च संस्था इन्डियन नर्सिङ काउन्सिल (आईएनसी)ले कर्नाटक राज्यका सबै नर्सिङ कलेजहरूको सम्बन्धन खारेज गरिदिएको छ ।
बैङ्गलोरमा पढाइ हुने बीएस्सी नर्सिङमा गुणस्तर कायम हुन नसकेको भन्दै यसअघि पटकपटक इन्डियन नर्सिङ काउन्सिलले गुणस्तर कायम गर्न निर्देशन दिएको थियो । तर काउन्सिलको निर्देशन नमानेको र गुणस्तर पनि कायम नगरेको भन्दै काउन्सिलले २०१७ को जुलाई १० तारिखमा सार्वजनिक सूचना जारी गर्दै बैङ्गलोरका कुनै पनि नर्सिङ कलेजलाई सम्बन्धन नदिएको बताएको छ । भारतमा नर्सिङसम्बन्धी नियमन गर्ने सर्वोच्च निकाय आईएनसीले नै सम्बन्धन पाएका बाहेक अन्य कलेजहरूमा भर्ना नगर्न विद्यार्थी र अभिभावकलाई सूचित गरेको छ ।
हेर्नुहोस्, इन्डियन नर्सिङ काउन्सिलले शैक्षिक वर्ष २०१७/१८ का लागि भारतभर मान्यता दिएको नर्सिङ कलेजहरूको लिस्ट ।



