मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईं शारीरिक र मानसिक अस्वस्थ महसुस गर्नुहुनेछ। अनावश्यक खर्चको मात्रा पनि बढ्नेछ। पूँजी लगानी गर्दा विशेष ध्यान दिनुहोस्। निर्णय शक्तिको अभावले तपाईंको मन दुविधामा रहला। नाफाको लोभमा नपर्नुहोस्। अध्यात्मप्रति रुचि बढ्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यापार तथा आयमा वृद्धि हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। नयाँ सम्पर्कहरू र परिचय व्यवसायको क्षेत्रमा लाभदायक हुनेछ। छोटो रमणीय यात्राको सम्भावना छ। सारा दिन आनन्द र खुशीले भरिनेछ। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा सफलता प्राप्त होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक तथा मानिसक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। व्यापारिक क्षेत्रमा लाभ मिल्ने सम्भावना उच्च छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। तपाईं परिवारसँग आनन्दमय समय बिताउन सक्षम हुनुहुनेछ। पदोन्नतीको योग रहेको छ। सरकारी क्षेत्रको काम पनि सहजै गरिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भाग्यवृद्धिको योग रहेको छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनेछ। धार्मिक यात्रामा जान पाउँदा मन प्रशन्न रहला। स्वास्थ्य बिग्रन सक्छ। व्यापारिक क्षेत्रमा लाभको सम्भावना छ। आकस्मिक धन प्राप्तिको योग रहेको छ। विदेश जाने प्रयास र धार्मिक कार्य सफल हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यस दिन स्वास्थ्यमा बढी ध्यान दिन आवश्यक छ। स्वास्थ्यको लागि धन खर्च हुने सम्भावना छ। खानपानमा विशेष ध्यान दिन जरूरी छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। मानसिक तनाब बढ्न सक्छ। कार्यक्षेत्रमा परिस्थिति प्रतिकूल रहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको लागि यस दिन शुभ रहनेछ। सामाजिक क्षेत्रमा मान-सम्मानका साथै ख्याति प्राप्त हुनेछ। व्यवसायको क्षेत्रमा साझेदारहरूसँगको सम्बन्धमा सकारात्मकता बढ्नेछ। साथी-भाईसँग रमाइलो भेटघाट हुने सम्भावना रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्य राम्रो रहनेछ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। पारिवारिक वातावरण सकारात्मक रहनेछ। बोलीमा संयम राख्न जरूरी देखिन्छ। अधिक खर्च हुनाले आर्थिक समस्या आउनसक्छ। कार्यक्षेत्रमा सफलता पनि प्राप्त हुनेछ र प्रसिद्धि पनि प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अनावश्यक वाद-विवादमा नपर्नुहोला। सन्तानको बारेमा चिन्ता रहनेछ। अभ्यासमा सफलता हासिल हुनाले विद्यार्थीहरु थप प्रोत्साहित हुनेछन्। सम्भव छ भने यात्रा स्थगित गर्नुहोस्। भविष्यको लागि आर्थिक योजना बनाउन समय अनुकूल छ। कडा परिश्रम अनुसार सफलता पनि प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मानसिक रूपमा तपाईंमा उत्साहको अभाव हुनेछ। पारिवारिक वातावरण नकारात्मक रहला। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। धनहानिको योग रहेको छ। सामाजिक क्षेत्रमा मानहानि हुनसक्छ, सजग रहनुहोस्। आमाको स्वास्थ्यको बारेमा चिन्ता रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिवार तथा साथी-भाईसँग आनन्दमय समय बित्नेछ। रमणीय यात्राको योग बन्नेछ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। विद्यार्थी वर्गको लागि समय निकै शुभ रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मानसिक रूपमा दुविधा रहनाले केहि निर्णयहरू गर्न समस्या पैदा हुनसक्छ। अनावश्यक खर्चबाट बच्नुहोस्। वाणीमा संयम राख्नुहोला, अन्यथा परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। कार्य सफलता प्राप्त गर्न ढिलाइ हुनसक्छ। विद्यार्थीहरूको लागि दिन त्यति अनुकूल नरहला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। नयाँ कार्य सुरु गर्नको लागे दिन शुभ रहनेछ। पारिवारिक वातावरणमा सुख-शान्ति रहनेछ। साथीहरु र परिवारसँग रमणीय यात्रामा जाने मौका मिल्नेछ। धन प्राप्तिको योग रहेको छ। धार्मिक यात्रा वा धार्मिक कार्यको योग पनि छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah