बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसको पूर्ण खोपपछि थप खोप लगाउन निर्देशन दिएको छ । जोन्सन बाहेकका अन्य खोप दुई डोज लगाएपछि पूर्ण खोप हुन्छन् त्यसैले खास गरी बुस्टर डोजलाई तेस्रो डोज पनि भनिएको छ ।

नयाँ भेरियन्ट ओमिक्रोन बढी सङ्क्रामक भएको रिपोर्टहरू आउन थालेका बेला बेलायतले यसै हप्तादेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन भनेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि बेलायत लगायत अमेरिका, क्यानडा, इजरेल, फ्रान्सलगायतका ३० बढी मुलुकहरूले जोखिमपूर्ण उमेर समूहका नागरिकलाई बुस्टर डोज लगाउँदै आइरहेका छन् ।

ओमिक्रोनको चिन्ता बढेसँगै १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन आह्वान गरिएको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले आइतबार साँझ बताएका हुन् ।

नेपालमा समेत जोखिमपूर्ण उमेर समूहका नागरिकहरूलाई बुस्टर डोज लगाउनका लागि पहल सुरु भएको छ ।