समाजसेवा तथा जनचेतनामूलक कार्यमा लामो समयदेखि सक्रिय संस्था परिवर्तन नेपालले ‘नेपाली मौलिक संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८’ को थालनी गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल, अभिनेत्री वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायतले दीप प्रज्वलन गरी सो अभियानको शुभारम्भ गरे ।
अभियानका संयोजक तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले नेपाली संस्कृतिको जगेर्ना गर्न हरेक नेपाली नागरिक जागरुक हुनुपर्नेमा जोड दिए । नेपालको मौलिक कला, संस्कृतिमाथिको अतिक्रमणले नेपाली पहिचानसमेत हराउँदै जाने हुँदा सांस्कृतिक उत्थानका लागि राष्ट्रव्यापी महाअभियान सुरु गरेको उनले स्पष्ट पारे ।

कार्यक्रमका विशेष अतिथि यादव खरेलले अभियानको रूपरेखा सम्बन्धमा चर्चा गर्दै यस अभियानको बुँदाहरूको रणनीतिक रूपमा अध्ययन अनुसन्धान गरिनुपर्ने बताउँदै कार्यक्रम राम्रो भएको उल्लेख गर्दै तिनको गहन वर्कआउट गरेर त्यसलाई विकसित गर्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा एक अपिल जारी गर्दै मौलिक परम्परा तथा सांस्कृतिक अतिक्रमणविरुद्ध स्वाभिमानी नेपालीहरू एकजुट भई नेपाल र नेपालीको पहिचान जोगाउनुपर्ने बताइएको छ ।

सोही अवसरमा महाअभियान लक्षित दस बुँदे अवधारणा सार्वजनिक गरियो । जस्मा पौराणिक एवम् ऐतिहासिक महत्वले भरिएका धरोहरहरू, मठमन्दिर, पाटीपौवाजस्ता पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा विशेष जोड दिइएको छ ।
नेपाली साहित्य, कला, चलचित्र, नाटकहरू मौलिक हुनुपर्ने विषय उठाउँदै आम नेपालीले आफ्ना बालबालिकालाई सामाजिक संस्कार, रीतिरिवाज, संस्कृति सम्बन्धी दायित्व बोध गराउन विशेष ध्यान दिनुपर्ने अपिल पनि गरेको छ ।
अभियान शुभारम्भ कार्यक्रममा वसुन्धरा भुसाल, दीपाश्री निरौला, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, कलाकार रवीन्द्र खडकालगायतले आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah