काठमाडौँ- नेपाली नयाँ कार्यसिमिति चयन गर्न जारी मतदानमा ६०० मत खसेको छ ।

मतदान शुरू भएको साढे २ घण्टामा ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मतदान भइरहेका भृकुटीमण्डपका दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रका २ बजेसम्म कूल ६०० मत खसेको उनले बताए ।

धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई करिव एक घण्टा लागेकाले मतदानमा ढिलाइ भएको समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।