काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान भइरहेको हो ।

राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । तीनवटै स्थानमा गरेर दिउँसो पौने ३ बजेसम्म ८७८ मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभागृहमा ३४३ र भृकुटीमन्डपका दुई स्थान (प्रदर्शनी हल र प्रांगण)मा ५३५ मत खसिसकेको छ ।

निर्वाचन समितिले भृकुटीमन्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिय सभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानानुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम छ । आज बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मध्याह्न करिब १२ बजेदेखि मात्रै सुरु भएको थियो ।