नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय गान सिक्दै गरेको जानकारी दिएका छन् । उनी नेपालमा ३ वर्ष बस्ने पक्का भएपछि नेपाली राष्ट्रिय गान सिक्दै गरेको जानकारी उनले आफ्नो सामाजिक सञ्जाल इन्टाग्राममार्फत् जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘मैदानमा खेलाडी र टोलीसँगै राष्ट्रिय गाना गाउने चाहना छ । त्यसैले म नेपाली राष्ट्रिय गान सिक्दै छु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत असोज अन्तिममा उनले नेपालको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी थप २ वर्ष सम्हाल्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता नवीकरण गरेका थिए । गएको अक्टोबरमा सम्पन्न १३‍‍औं साफ च्याम्पियन्समा नेपाललाई पहिलो पटक उनले फाइनलमा पुर्‍याएका थिए ।