काठमाडौं । नेपाली कांग्रेसका उमेदवारहरूले मतदानस्थलमा मत मागिरहेका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा वर्तमान सभापति तथा १४औँ महाधिवेशनमा सभापति पदका उमेदवार शेरबहादुर देउवा, सभापतिका अर्का उमेदवार शेखर कोइराला र उससभापतिका उमेदवार चन्द्र भण्डारीलगायत मत मागिरहेका छन् ।










