काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भीक मतगणनामा देउवाले अग्रता कायम राखेका छन् । ६०० मतगणना गर्दा शेरबहादुर देउवाले २८८ मत पाएका छन् । डा. शेखर कोइरालाले २१८ मत पाएका छन् । विमलेन्द्र निधिले ३९, प्रकाशमान सिंहले ४२ र कल्याण गुरुङले ४ मत पाएका छन् ।
हिजो भएको मतदानमा चार हजार ७४३ मतदाता रहेकोमा चार ६७९ मत खसेको छ । ६४ जना मतदान कार्यक्रममा अनुपस्थित रहे ।










