नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरुले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो।

मतदानमा शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाएपनि बुहमत पुर्‍याउन सकेनन्। कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो। यसअनुसार न्यूनतम २३४० मत पाएका उम्मेद्वार निर्वाचित हुन्थ्यो। तर देउवाले २२५८ मत मात्र पाए। उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन। जसका कारण निर्वाचन दोस्रो चरणमा पुगेको हो।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। कोइरालाले १७४९ मत ल्याएका छन्।

दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको जनाएको छ।