काठमाडौंः नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न निवास पुगेका छन्। आफ्नाा विश्वासपात्र बालकृष्ण खाणलाई बिहानै भेट्न पठाएका देउवा अहिले आफैँ सिंह निवास पुगेका हुन्।
भेटपछि सिंहले आफ्नो समर्थन देउवालाई रहेको बताए।
सिंहले देउवाले कमी कमजोरी सुधारेर अघि जाने बताएको र देउवालाई देशभरका प्रतिनिधिले बहुमत दिएर स्वीकारेकाले आफ्नो समर्थन रहेको बताए।
देउवाले कमी कमजोरी सुधार गर्न प्रतिवद्धता जनाएकाले आफूले समर्थन दिएको सिहंले बताए।










