काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने नसकेपछि शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदान आज हुने भएको छ।

देउवा र कोइरालाबीच प्रतिष्पर्धा हुने भएपछि दुवै पक्षका समर्थकहरूले प्रदर्शनी मार्गमा नाराबाजी गरेका छन्। पहिलो चरणामा देउवाले २ हजार २५८ र डा. शेखर कोइरालाले    १ हजार ७२९ मत प्राप्त गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देउवालाई तेस्रो स्थानमा आएका सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले सघाउने भएका छन्।