भोजपुरमा ११ बर्षिय बालिका बलात्कार गरी गर्भवती बनाउने अभियोग लागेका दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन । अरुण गाउँपालिका ५ याकुकी ११ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएर फरार भएका छिमेकी २० वर्षीय श्रेष्ठ आज धरानबाट पक्राउ परेका हुन ।

बलात्कार पछि गर्भवति भएकी बालिका गाउँनिकालामा परेकी थिइन । बलत्कारको पीडासँगै गाउ निकालामा समेत परेपछि प्रहरीले अभियुक्तको खोजी सुरु गरेको थियो । श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय भोजपुरमा आजै जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले गम्भीर घटनालाई सामान्य सम्झेर घरगाउँमै सामसुम पार्न खोजेको देखिए पनि बालिकालाई न्याय दिने र दोषीमाथि कारवाही गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताएको छ ।

मुलुकी ऐनको जबरजस्ती करणी महलले घटना भएको ६ महिनासम्म पीडित पक्षले सम्बन्धित निकायमा न्यायको लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । तर बालिकाको गर्भ ६ महिनाको भइसकेको छ ।

प्रहरीले बालिकाबाट स्वस्थ र सुरक्षित बच्चा जन्माउने, नामाकरण, सम्पत्ती हक दावीसम्मको कुरालाई ध्यान दिएर घटनाको छानविन र दोषीमाथि कारवाहीको लागि काम गर्ने जनाएको छ ।

घरमा कोही नभएको मौकाछोपी खाना पकाउदै गर्दा श्रेष्ठले ललाई फकाई बलत्कार गरेपछि बालिका गर्भवति भएकी थिइन । लामो समयपछि आमाले घटनाको बारेमा थाहा पाएपछि सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक भएपछि केटा पक्षले दलितको छोरी नभित्र्याउने धम्की दिएर बालिकालाई नै गाउनिकाला गरेका थिए । उनी पनि धरानमा बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले संवेदनशिल मुद्दा भएकोले आफैले मुद्दाको मिसिल तयार गरि दर्ता गरेको हो । मुलुकी ऐनको जवर्जस्ती करणी महल अनुसार १० वर्ष भन्दा माथि र १४ वर्ष मुनिका बालिका माथि जवर्जस्ती करणी भए १२ वर्ष सम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah