काठमाडौँ, संसद बैठकको पहिलो दिन प्रतिनिधि सभामा एमालेका सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गर्दै संसद् अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यसैबीच सहिदप्रति मौनधारण गराएका छन्।

सहिदप्रति एक मिनेट मौनधारण गर्नेबित्तिकै एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए। सभामुख सापकोटाले नाराबाजीकै बीच मन्त्री दिलेन्द्रप्रसाद बडुलाई तेजाबबिरुद्धको अध्यादेश प्रस्तुत गर्न समय दिएका थिए।