काठमाण्डु – प्रतिनिधिसभाको दशौं अधिवेशन सुरु भएको छ । मंगलबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा संसद् बैठक सुरु भएको हो ।

दशौं अधिवेशनको पहिलो दिन बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठक सुभारम्भ गरेलगत्तै एमालेका सांसदहरुले उठेर नाराबाजी गरिरहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले ‘संसदीय मर्यादा कायम गर,’ ‘हाम्रो विरोध कायम छ’ भनेर नारा लगाउँदै विरोध गरेका थिए । सभामुख सापकोटाले बैठक सञ्चालनका लागि सघाउन पटकपटक अनुरोध गरे पनि सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्दै विरोध जारी राखेका छन् ।

एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ । दोस्रो विघटनपछि यो तेस्रो अधिवेशन हो ।