सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सल्यान र रोल्पाको सिमाना रोल्पाको डल्सिङ्गेबाट रुकुम झुल्नेटा जाँदै गरेको रा १ त १६९८ न ट्याक्टर सल्यान बागचौर नगरपालिका–१२ धुराखर्कमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्याक्टरचालक तथा साहु रोल्पा गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ४८ वर्षीय गञ्जबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटना घाइते भएका डाँगीको उपचारका लागि लिन क्रममा बाटोमै मृत्यु भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक डाँगीको शव घरमा राखेका भन्ने खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्यामप्रकाश यादवले जानकारी दिए.

ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।