काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा उनले देउवाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस् भन्ने कामना गरेका छन् । यस्तै, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाऊन् र अग्रगमनकारी शक्तिबीच एकता होस् भन्दै थप शुभेच्छा व्यक्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड