अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले पहिलोपटक आफ्नो विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ। मंगलबार नासाले आफ्नो ‘पार्कर सोलार प्रोब’ विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ।

नासाले यसलाई ऐतिहासिक क्षण भएको बताएको छ। बीबीसीले उल्लेख गरेअनुसार नासाको विमान सूर्यको वायुमण्डलको ‘कोरोना’ क्षेत्रमा प्रवेश गरेको हो।  यो विमान गत अप्रिलमा नै सूर्यको उक्त क्षेत्रमा प्रवेश गरे पनि प्राप्त विवरणहरूको अध्ययनपछि अहिलेसम्म त्यसको पुष्टि भएको हो। नासाले सूर्यको विषयमा थप अध्ययनका लागि यो विमान पठाएको थियो। उक्त विमान सूर्यको निकै नजिकसम्म पुगोस् भन्नका लागि अत्यधिक ताप सहन सक्ने सामग्रीमा राखेर विमानलाई सूर्यतर्फ पठाइएको थियो। सूर्यको सतहमा यसले छुन सकेको अवस्थामा त्यसबाट निकै महत्वपूर्ण जानकारी पाउन सकिने वैज्ञानिकहरुले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नासाले तीन वर्षअघि यो विमान सूर्यतर्फ पठाएको थियो। विमान प्रतिघण्टा पाँच लाख किलोमिटरको गतिमा सूर्यतर्फ बढ्दा अहिले सूर्यको सतहको सबैभन्दा नजिक पुगेको हो।