नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास गरेकोले सचेत रहन आम नागरिकलाई आग्रह गरेका छन् ।
समावेशी संसदीय प्रणाली नै सिद्याउन खोजेको र राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने क्रियाकलाप भइरहेको भन्दै उनले यसप्रति सचेत रहन आम नागरिकलाई ध्यानाकर्षण पनि गराएका छन् ।
बुधबार सामाजिक सन्जालमार्फत् उनले सो आग्रह गरेक हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आएको भन्दै सचेत हुनु भन्दै आफ्नो धारणा राखेका हुन् । उनले एमालेले ६ महिनामा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्एर्याएको रओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर संसद विघटन गरी देशलाई अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास गरेको उनको भनाई थियो ।
पौडेलले देशलाई प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र एमालेको भईरहेकोले यस्ता आपत्तीजक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु । भनेर आफ्नो वालमा लेखेका छन् ।










