नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनमा सम्बोधन गर्दैगर्दा माइक बिग्रिएको प्रसंगलाई लिएर पार्टी कार्यक्रममा सांकेतिक कटाक्ष गरेका छन् ।

पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा ओलीले कांग्रेस महाधिवेशनको प्रसंग निकालेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली बोल्दै गर्दा माइकमा लाइन नआएपछि उनी केही बेर रोकिए ।

जब माइकमा लाइन आयो त्यसपछि ओलीले भने– म बोल्न थालेपछि माइकचाहिँ… !

कार्यकर्ता गलल्ल हाँसे ।

त्यसपछि ओलीले 'खैर…' भन्दै सम्बोधनलाई अगाडि बढाए ।

यसअघि कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा ओली बोल्दाबोल्दै माइक अवरुद्ध भएको थियो ।

त्यसपछि देउवाजीलाई मञ्च छाडिदिएँ भन्दै आसनमा फर्किएका ओली पुन: दोस्रोपटक पोडियममा पुग्नुपरेको थियो ।