प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः नेपाली कांग्रेसको सभापति बनेकामा अमेरिकाले बधाई दिएको छ।

दोस्रोपटक भएको निर्वाचनबाट दोस्रो कार्यकालका लागि पनि देउवा बुधबार बिहान कांग्रेस सभापतिमा विजयी घोषणा भएपछि नेपालस्थित अमेरिकी दूतावासले बधाई दिएको हो।
सामाजिक सञ्जालमार्फत दिइएको बधाईमा अगाडि भनिएको छ, ‘अमेरिका लोकतन्त्र, मानव अधिकार तथा स्वतन्त्र र निष्पक्ष निर्वाचनप्रति प्रतिबद्ध छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड