विश्वका लागि फेरी अर्को विपतको खबर सार्वजनिक भएको छ । अब केही वर्षकै समुन्द्रको सतह बढ्ने र त्यसले कैयौं सहरहरु डुवाउने अनुमान गरिएको छ । अन्टार्कटिकामा यस्तो सम्भावना देखिएको छ । त्यहाँको थ्वाइट्स ग्लेसियर चर्किन थालेको बताउँदै वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् ।

ग्लेसियर फुटेसंगै समुन्द्रको सतह पनि बढ्ने छ । यो क्रम ५ वर्षमा जुनसुकै बेला हुनसक्ने चेतावनी दिइएको छ । सो हुँदा समुद्र किनारमा रहेका कैयौं सहर डुब्न सक्छन् । र, यो घटना जुनसुकै बेला हुन सक्छ । यो घटनाको जोखिम दक्षिणी ध्रुपमा रहेको अन्टार्कटिकामा रहेको थ्वाइट्स ग्लेशियरका कारण बढिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्टार्कटिकाको थ्वाइट्स ग्लेसियर चर्किन थालेको छ । यसमा लामो दरार आउन थालेको छ । यो दरार बढ्दै गएपछि यो ग्लेशियर फुट्नेछ जसले पृथ्वीमा कैयौं खतरा उत्पन्न गर्नेछ । यो ग्लेशियरको फुटेर टुक्रिन लागेको टुक्रा मात्रै अमेरिकाको फ्लोरिडा राज्यजत्रो फराकिलो छ । यो ग्लेसियर ४ किलोमिटर बाक्लो भएको वैज्ञानिकहरुले बताएका छन् ।

बीबीसीमा प्रकाशित एक रिपोर्टका अनुसार विशेषज्ञहरुले आगामी ५ वर्षभित्र थ्वाइट्स ग्लेशियर फुट्ने चेतावनी दिएका छन् । यो टुक्रा फुटेर समुद्रमा मिसिँदा विश्वभरी समुद्रको जलस्तर २५ इन्च बढ्नेछ । यसरी बढ्दा समुद्र किनारमा रहेका कैयौं ठाउँहरु डुब्नेछन् ।

सोमबार जारी गरिएको नयाँ डेटाका अनुसार महासागरको तापक्रम बढ्दै जाँदा यस्तो समस्या उत्पन्न भएको हो । अमेरिकन जियोफिजिकल युनियनको वार्षिक बैठकमा पेश गरिएको स्याटेलाइट आंकडामा ग्लेशियरमा कैयौं ठूला र छड्के दरार परेको देखिएको छ । अनुसन्धानकर्ताले भनेका छन् ‘यदि तैरिरहेको बरफको चट्टान फुट्यो भने थ्वेट्स ग्लेशियरबाट विश्वव्यापी रुपमा समुद्रको जलस्तर २५ प्रतिशतसम्म बढ्नेछ ।’