पूर्वराजा ज्ञानेन्द्र शाह उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
मुटु सम्बन्धी समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र आज (बुधबार) बिहान ७ बजे नर्भिक अस्पताल भर्ना भएका हुन् । केही दिनदेखि बायाँ हात दुख्ने समस्या देखिएपछि उनका निजी चिकित्सकले मुटुको एन्जीओप्लास्टी गर्नुपर्ने बताएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र यसअघि पनि मुटुको एन्जीओप्लास्टी गराएका थिए ।



