काठमाडौँ – सामसुङको दक्षिण एसियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ नेपाल आउने भएका छन्। उनी बुधबार काठमाडौँ आइपुग्ने छन् ।

अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ सामसुङको व्यापारको अवस्था तथा प्रवर्द्धनका लागि नेपाल आउन लागेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भारतमा बसेर सामसुङको दक्षिण एसिया हेरिरहेका छन् । भारतमा सामसुङको उपस्थिति गएको वर्षको डिसेम्बरमा २५ वर्ष पूरा भएको थियो ।

व्यापारका हिसाबले नेपालमा भारत हुँदै सामसुङका मोबाइलसहितका सामान आउने गरेका छन् । सोही कारण उनी नेपाल आउन लागेको बताइएको छ ।