बझाङका बाढीपहिरो पीडितले छबिसपाथिभेरा गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणाको माग राख्दै जिल्ला प्रसासन कार्यालयमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।
छबिसपाथिभेरा गाउँपालिकाका बाढी पहिरो पीडित र स्थानीय जनप्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका हुन् ।
गत हप्ता जिल्लाका चार स्थानीय तहलाई संकट ग्रस्त घोषणा गरेपछि आफ्नो पालिका छुटेको भन्दै छबिसपाथिभेरा गाउँपालिकालाई पनि समेट्नु पर्ने उनीहरूको माग छ।
सबै भन्दा बढी क्षति भएको खप्तड छान्ना गाउँपालिका पछि दोश्रोमा आफ्नो पालिका रहेको छबिसपाथिभेरा गाउँपालिका–१ का वडा अध्यक्ष नयन बोहराले बताए । यता सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले यो मागलाई गृह मन्त्रालयमा पठाइ आवश्यक पहल गर्ने जानकारी दिए। सुनिल मण्डेल(नागरिक पत्रकार)










